मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपमेयरका पति संजय गुप्ताविरुद्ध मुद्धा दर्ता, गुप्ता फरार

उपमेयरका पति संजय गुप्ताविरुद्ध मुद्धा दर्ता, गुप्ता फरार

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तु प्रहरीले कपिलवस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्ताका श्रीमान संजय गुप्ता विरुद्ध मुद्धा दर्ता गरेको छ । उपमेयरका श्रीमानको ज्यादती विरुद्ध विगत ४ दिन देखि नगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए
उपमेयरका श्रीमानले कर्मचारीहरुलाई थर्काउने, धम्क्याउने, गालीगलौज गर्ने, तथा आफुले भने अनुसारका योजनामा बढि मूल्यांकन गर्न दबाब दिएको भन्दै शुक्रबार देखि कर्मचारी आन्दोलनमा उत्रिएका थिए । पेनडाउन देखि लिएर जिल्ला प्रशासन कार्यालय समेत घेराउ गरेपछि प्रहरीले बाध्य भएर सोमबार सार्वजनिक मुद्धा दर्ता गरेको छ । मुद्धा दर्ता संगै गुप्ता विरुद्ध पक्राउ पुर्जी लिएर प्रहरीले खोजतलाश जारी राखेको छ ।

कपिलवस्तु प्रहरी प्रवक्ता डिएसपी मीनबहादुर घलेले कर्मचारी तथा नगरपालिका कार्यपालिकाकै निर्णय भई आएको उजुरीको आधारमा मुद्धा दर्ता गरिएको बताएका छन् ।

चुनाव जितेको अर्को दिन देखि उपप्रमुख सुनिताको पदको अघोषित शासन चलाउदै आएका संजय गुप्ताले उपप्रमुखको हैसियतले हुने जुनसुकै कार्यक्रम, निति, योजना निर्माण तथा अनुगमनमा समेत हस्तक्षेप गर्दै आएका छन् ।

नगरपालिका भित्र संचालन हुने योजनाहरुको अनुगमन संयोजक उपप्रमुख गुप्ता भएपनि श्रीमानले अनुगमन गरेर ठेकेदार वा उपभोक्ता संग सेटिङ्ग नमिले सम्म उनीहरुको योजना पास हुदैन । जसका कारण नगरपालिकामा चरम विवाद बढ्दै गएको छ । योजनाको मूल्यांकन गर्दा प्राविधिक कर्मचारीहरुलाई धम्क्याउने र उपमेयरका श्रीमानले भनेसरी योजनाको मूल्यांकलन तलमाथि नगरे गालीगलौज समेत गर्ने गरेका छन् ।

आफुले भनेका व्यक्तिहरुलाई उपभोक्ता समितिमा नराखे योजना सम्झौतामै अवरोध गर्ने, कमिशनमा नयाँ नयाँ योजनामा बजेट हाल्ने देखि लिएर नगरकार्यपालिका वैठकहरुमा समेत उपमेयरका श्रीमानले अवरोध तथा हस्तक्षेप गर्दै आएका थिए । अरु त अरु पालिकाले लगाएको नदीजन्य पर्दाथ ठेक्कामा समेत उपमेयरका श्रीमान गुप्ताले ठेकेदार संग अनुगमनमा नाममा मासिक १ लाख रुपैया उठाउदै आएका थिए ।

प्रहरीले मुद्धा दर्ता गरि खोजतलाश व्यापक बनाएको थाहा पाएपछि उपमेयरका श्रीमान गुप्ता भारत तर्फ हानिएका छन् । पारिवारिक श्रोतका अनुसार धिरज ९संजय० आफन्तकहाँ लखनउ गएको र असार मसान्त पछि मात्र आउने बताइएको छ । यसै बिच असार मसान्तको चटारो र हालै फुकुवा भएको नागरिकता कानून अनुसार वडा तथा नगरपालिकामा सेवाग्राहीको चापलाई ध्यानमा राख्दै कर्मचारीहरुले आन्दोलनलाई आंशिक रुपमा फिर्ता लिएका छन् । “मंगलबार देखि हातमा कालोपट्टि बाधेर काम गर्नेछौ, जनतालाई सास्ती दिनु हुदैन भनेर काममा फर्कियौ” लेखा अधिकृत बलराम न्यौपानेले भने।