मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले पनि सुरु गर्यो अनलाइनबाट सदस्यता दिन

कांग्रेसले पनि सुरु गर्यो अनलाइनबाट सदस्यता दिन

अपि टाइम्स

काठमाडौं । नेपाली कांग्रेसले अनलाइनबाट सदस्यता वितरण सुरु गरेको छ । अनलाइन आवेदन मार्फत प्राप्त गर्न सकिने सदस्यता ‘साधारण सदस्यता’ हो ।

कांग्रेसको विधानमा साधारण क्रियाशील गरि दुई प्रकारका सदस्यता वितरण हुने व्यवस्था छ । साधारण सदस्यता वितरण गरिने विगतमा प्रचलन थिएन । साधारण सदस्यता प्राप्त गरेको व्यक्तिले एकवर्ष पछि क्रियाशील सदस्यता पाउने विधानको प्रावधान छ ।

कांग्रेसको सदस्यता लिनको लागि पार्टीको साइटमा उपलब्ध गराइएको फर्म भर्नुपर्ने हुन्छ । सदस्यता प्राप्त गर्नका लागि नाम, जन्ममिति, इमेल आइडी, मोबाइल नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, ठेगाना, ब्लड गु्रप, भाषा, पेशा प्रदेश, जिल्ला लगायतको विवरण भर्नुपर्दछ ।

साथै, पासपोर्ट आकारको तस्वीर, नागरिकताको अघिल्लो भाग र पछाडीको फोटो पनि अपलोड गर्नुपर्ने हुन्छ । सदस्यता प्राप्त गर्नका लागि २० रुपैयाँ तोकिएको छ ।

सबै विवरण भरिसकेपछि ‘म पूर्ण निष्ठा र इमान्दारितासाथ राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श, सिद्धान्त एवं उद्धेश्यमा आस्था राख्दै पार्टीको विधान र अनुशाुसन पालना गर्न प्रतिवद्धता साथ शुल्क रु २० बुझाई नेपाली कांग्रेसको सदस्यता प्राप्ति÷नवीकरणका लागि आवेदन गर्दछु ।’ भन्ने वाक्याशंमा सहमति जनाई टिक लगाउनुपर्दछ । प्रतिवद्धता जनाइसकेपछि विवरण भर्ने कार्य सकिन्छ ।

आवेदन दिइसकेपछि स्कान मार्फत पैसा तिर्न सकिन्छ । पार्टीले विवरण हेरिसकेपछि आवेदकलाई ओटीपी ९वन टाइम पासवोर्ड० मोबाइल नम्बरमा पठाउँछ । उक्त ओटीपी नम्बर राखेर भेरिफाई गरेपछि कांग्रेसको साधारण सदस्यता लिने क्रम सकिन्छ ।

अनलाइन मार्फत नै सदस्यता प्रिन्ट गरिने पार्टीले जानकारी गराएको छ ।