मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यायपरिषद बैठकले न्यायाधीश नियुक्तिको निर्णय गर्न सकेन

न्यायपरिषद बैठकले न्यायाधीश नियुक्तिको निर्णय गर्न सकेन

अपि टाइम्स

काठमाडौं । न्यायाधीश नियुक्तिका लागि बसेको न्यायपरिषदको बैठक कुनै निर्णय नगरी सकिएको छ ।

सोमबार बोलाइएको परिषदको बैठकमा न्यायाधीश नियुक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय नभएको परिषदका सहसचिव मानबहादुर कार्कीले बताए । अब अर्को बैठक बुधबारका लागि बोलाइएको छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफ्नो कार्यकालमा सर्वोच्चदेखि उच्च अदालतका रिक्त न्यायाधीशको नाम सिफारिस गर्न खोजेका छन् । उनले सुरुमा उच्च अदालत र त्यसपछि सर्वोच्च अदालतका न्यायाधीश नियुक्ति सिफारिस गर्ने तयारी भएको बताएका थिए ।

सोमबार छलफल भएपछि कसरी, के आधारमा र कस्ता व्यक्ति सिफारिस गर्ने भन्नेबारे छलफल भएपनि निर्णय नभएको परिषदाक एक सदस्यले बताए । अहिले सर्वोच्च अदालतमा ६, उच्च अदालतमा ६ मुख्य न्यायाधीश र ४१ न्यायाधीश पद रिक्त छन् ।