मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दीपको मुद्दामा अदालतको आदेशः बादी पक्षलाई एकलाख क्षतिपुर्ति

सन्दीपको मुद्दामा अदालतको आदेशः बादी पक्षलाई एकलाख क्षतिपुर्ति

अपि टाइम्स

काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलत्कार मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौंले वादी पक्षलाई १ लाख क्षतिपुर्ती दिलाउन आदेश दिएको छ। गौशाला २६ लाई अन्तरिम क्षतिपूर्ति दिलाउन न्यायधीस प्रकाशप्रसाद पण्डितको इजलासले आदेश दिएको हो।

गौशला २६ ले करिब ३६ हजारको बिल पेश गरेपनि अदालतले माग गरेबमोजिम अस्पतालले डक्टर प्रतिबेदन पठाएपछि आजका लागि सुनुवाई तोकिएको थियो। वादी पक्षले क्षतिपुर्तीका सन्दीप सँग १० लाख माग गरेपनि अदालतले खारेज गरेको थियो। यद्यपि पिडित राहतकोसमार्फत सर्वोच्चले क्षतिपुर्तिको विषय उठाएको थियो। जसका कारण वादी पक्षले क्षति पुर्तिमाग गर्दै पुन जिल्ला अदालतमा निवेदन दिएका थिए।

जसको सुनुवाई गर्दै सरकारी राहतकोषमार्फत तत्काललाई अन्तरिम क्षतिपुर्ति दिलाउन अदालते आदेश दिएको हो। यदि फाइनल बहसका दौरान सन्दीपको पक्षमा मुद्दाको फैसला भएमा यो रकम सरकारी राहतकोशमा फिर्ता गर्नु पर्ने स्रोतले जनायो। यदि सन्दीप दोषी ठहरीए उनीबाट फैसलाबमोजिमको रकम असुल हुने जनाइएको छ।

अदालते पिडितको मानसिक र शारिरिक परिक्षण गर्ने चिकित्सकबाट अनुमानित के कति खर्च पर्न सक्छ चिकीत्सकबाट प्रतिवेदन मगाएर अदालतमा पेश गर्नु भनी आदेश दिएको थियो। अस्पतालले पठाएको डक्टर प्रतिबेदनमा शारिरिक परिक्षणबापत प्रति परिक्षण १०४७ ९एकहजार सट्चालिस० लाग्ने जनाएको छ।मानसिक काउन्सिलिङका लागि प्रति सेसन १५०० लाग्ने प्रतिवेदन अदालतलाई पठाएको छ। अस्पतालले पठाएको प्रतिवेदनमा भविष्यमा के(कति खर्च लाग्छ अहिलेनै एकिन गर्न नसकिने जनाइएको थियो।

‘विरामीको उपचार वापत के कति खर्च लाग्ने भन्ने विषय रोगको प्रकृति परिमाण समेतका आधारमा फरकफरक हुने हुँदा रोऊ पता नलागी उपचार मूल्य यकिन हुन नसक्ने ब्योहोरा सादर अनुरोध गर्दछौं’ ‘डक्टर प्रतिवेदनमा भनिएको थियो।

सन्दीपको मुद्दाको फाइनल वहसको पेशी भने अहिले स्थगित छ। विश्वकप छनोटका लागि सन्दीप जिम्बाब्वेमा रहेका कारण अहिलेलाई फाइनल पेशी स्थगित गरिएको हो। सन्दीप फर्किएपछि फाइनल वहशको पेशी तोकिने छ।