मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपाले केन्द्रीय नेताहरूलाई संगठन निर्माणका लागि स्थानीय तहमा पठायो

राप्रपाले केन्द्रीय नेताहरूलाई संगठन निर्माणका लागि स्थानीय तहमा पठायो

अपि टाइम्स

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई भूगोल केन्द्रित स्थानीय तहको जिम्मेवारी दिएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको सोमबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

राप्रपाका नेताहरूले भन्दै आएको नवीन राप्रपाको नयाँ कार्यक्रम अन्तर्गत नेताहरूले आआफ्नै स्थानीय तहमा संगठन पुनर्गठन तथा विस्तार गर्नुपर्ने बताइएको छ ।

७५३ वटै स्थानीय तहमा पार्टीका केन्द्रीय नेताहरूलाई यसरी खटाइएको यो पहिलो अभ्यास भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।

राप्रपाले सातवटै प्रदेशमा प्रदेश संयोजक तोकेर उनीहरूको काम, कर्तव्य र अधिकार निर्धारण गरिएको छ । यसरी तोकिएका सबै प्रदेश संयोजक तथा भूगोल केन्द्रित नेताहरूको जिम्मेवारी ६ महिनाको हुने पनि राप्रपाले जनाएको छ ।