मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुपर ओभरमा वेस्ट इन्डिजमाथि नेदरल्यान्ड्सको ऐतिहासिक जित

सुपर ओभरमा वेस्ट इन्डिजमाथि नेदरल्यान्ड्सको ऐतिहासिक जित

अपि टाइम्स

काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटमा नेदरल्यान्ड्सले सुपर ओभरमा वेस्टइन्डिजलाई हराएको छ । नेदरल्यान्ड्सले वेस्टइन्डिजलाई पहिलो पटक हराएको हो । नेदरल्यान्ड्सको जितमा अलराउन्डर लोगन भान बिक चम्किएका थिए ।

सुपर ओभरमा वेस्टइन्डिजलाई जितको लागि ३१ रन चाहिएको थियो । लोगन भान बिकलाई पहिलो बलमा जोनसन चार्ल्सले छक्का प्रहार गरे । दोस्रो र तेस्रो बलमा उनले एकरएक रन दिए । चौथो बलमा चार्ल्स क्याच आउट भएपछि वेस्ट इन्डिजको जितको सम्भावना सकिएको थियो ।

सुपर ओभरमा नेदरल्यान्ड्सले ३० रन बनाएको थियो । लोगन भान बिकले जेसन होल्डरको बलमा तीन छक्का र तीन चौकासहित कुल ३० रन जोडेका थिए । त्यसअघि जितको लागि ३ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ७४ रन बनायो । यो नेदरल्यान्ड्सले ओडीआईमा बनाएको सर्वाधिक रन हो । खेल बराबर भएपछि सुपर ओभरमा पुगेको थियो ।