मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सात वटा नयाँ औद्योगिक ग्राम घोषणा गर्ने सरकारको निर्णय

सात वटा नयाँ औद्योगिक ग्राम घोषणा गर्ने सरकारको निर्णय

अपि टाइम्स

काठमाण्डौ । सरकारले देशका विभिन्न ठाउँमा सात वटा नयाँ औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले कालीकोटलगायत विभिन्न ठाउँमा सात वटा नयाँ औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका विभिन्न सात ठाउँमा औद्योगिक ग्राम बनाउने निर्णय भएको बताइन् ।

प्रवक्ता शर्माले देशका विभिन्न ठाउँबाट औधोगिक ग्राम स्थापनाका लागि प्रस्ताव आएकाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको बताइन् ।

यस्तै बैठकले सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यको रूपमा नवराज अधिकारीलाई नियुक्त गरेको छ ।