मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फुटबलमा नेपालले पाकिस्तानलाई हरायो

फुटबलमा नेपालले पाकिस्तानलाई हरायो

अपि टाइम्स

काठमाण्डौ । १४ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबलमा नेपालले पाकिस्तानलाई हराएको छ ।

भारतको बेङ्गलोरमा मङ्गलवार भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले हराएको हो । नेपालका आशिष चौधरीले ८० औँ मिनेटमा गोल गरे । आज जिते पनि यसअघिका दुवै खेल हारेको नेपाल समूह चरणबाटै बाहिरिइसकेको छ । पाकिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ । साविक उपविजेता नेपाल पहिलो खेलमा कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।

समूह ुएु बाट कुवेत शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेका छन् । आज हुने कुवेत र भारतबीचको खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।