मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नीजि भवनमा पार्किङ शुल्क नलाग्ने गरी बालेनको बोल्ड निर्णय

नीजि भवनमा पार्किङ शुल्क नलाग्ने गरी बालेनको बोल्ड निर्णय

अपि टाइम्स

काठमाडौं । काठमाडौं महानगरपालिकाले आवसीय र व्यवसायिक भवनले पार्किङ शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षको २०८०र८१ को आर्थिक विधेयकमार्फत अब आवसीय र व्यवसायिक भवनले आफ्ना सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने व्यवस्था गरेको हो । तर, आफ्नो सेवाग्राही बाहेक अन्यसँग भने पार्किङ शुल्क लिन पाउनेछन् ।

हाल काठमाडौंका आवसीय तथा व्यवसायिक भवनहरुले आफ्ना सेवाग्राहीहरुसँग पनि पार्किङ शुल्क लिँदै आएका छन् । अझ त्यसैमाथि पार्किङ शुल्कमा एकरुपतासमेत देखिँदैन । यसैबीच महानगरले गरेको यो निर्णयको धेरैले प्रशंसा गरिरहेका छन् ।