मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएनए निर्वाचनः विजय ज्ञवालीले युवा संयोजक पदमा उमेदवारी दिने

एनआरएनए निर्वाचनः विजय ज्ञवालीले युवा संयोजक पदमा उमेदवारी दिने

अपि टाइम्स

काठमाडौँ । अमेरिकाको न्यु योर्कलाई कर्म थलो बनाएर काम गरिरहेका युवा विजय ज्ञवालीले आगामी हुन गइरहेको एनआरएनएको निर्वाचनमा ‘युवा संयोजक पद’ मा उमेदवारी दिने भएका छन् । यसअघिको निर्वाचनमा ‘बोर्ड अफ डाइरेक्टर’ पदमा उम्मेदवारी दिएका ज्ञवालीले यसपटक ‘राष्ट्रिय कार्य समितिको युवा संयोजक’ पदमा उम्मेदवारी दिने निधो गरेको सामाजिक संजाल फेसबुकमार्फत् जनाएका हुन् ।

बिगत ६ बर्षदेखि न्यु योर्कमा बसी राईज ग्लोबल नामको बहु उद्देश्यीय संस्थामार्फत् नेपाली समुदायलाई सेवा दिईरहेका उनले आफूलाई सहयोग गर्न पनि सबैमा अनुरोध गरे। आफ्नो उम्मेदवारी कसैकाविरुद्धमा नभएको समेत उनले बताएका छन् । ज्ञवाली लेख्छन् ”मेरो उम्मेदवारी कसैको विरूद्धमा होईन”

आदरणीय अमेरिकावासी बुवा, आमा, दाजुभाइ तथा दिदी बहिनीहरुमा सादर नमस्कार।

म विजय ज्ञवाली बिगत ६ बर्षदेखि न्यु योर्कलाई कर्म थलो बनाएर राईज ग्लोबल नामको बहु उद्देश्यीय संस्थाको स्थापना गरी विशेषतः नेपाली समुदायलाई सेवा दिई रहेको छु।

मैले सानै उमेरदेखि समाज सेवालाई आफ्नो रुचिको रुपमा लिँदै समुदायको हितमा काम गरिरहेको सगर्व जानकारी गराउँदछु। एनआरएनए अमेरिकाको २०१९(२१ कार्यकालमा लागि बोर्ड अफ डाईरेक्टर पदमा तपाईँहरुले मलाई दिएको मतको सम्मान गर्दै यस पटक राष्ट्रिय कार्य समितिको युवा संयोजक पदमा उमेदवारी दिने निधो गरेको छु।

नेपाल र नेपालीलाई परदेशमा जोड्ने मूख्य संस्था ग़ैर आवासीय नेपाली संघको नेतृत्वमा योग्य, युवा र सच्चा समाजसेवातर्फ अहोरात्र खट्ने प्रतिवद्धता ब्यक्त गर्दै तपाईँहरुको विश्वाशको मतको अपेक्षा गर्दछु।”

विजय ज्ञवाली
एन आर एन ए एनसीसी अमेरीका
युवा संयोजक पदका उमेदवार

फोनः 443-796-3423

Email: [email protected]