मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारमाथि संसदको विश्वास घटेर ९९ बाट ५३ भयोः ओली

सरकारमाथि संसदको विश्वास घटेर ९९ बाट ५३ भयोः ओली

अपि टाइम्स

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि संसदको विश्वास घटेको बताएका छन् । प्रतिनिधिसभाले पहिलो पटक मत विभाजनमार्फत बजेट अनुमोदन गरेपछि प्रतिक्रिया व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दल नेता ओलीले ९९ प्रतिशत समर्थन रहेको सरकारको समर्थन घटेर ५३ प्रतिशत बनेको बताए ।

ुसरकारमाथिको विश्वासमा पहिले ९९.९९ प्रतिशत थियो । अहिले ५३ प्रतिशतमा घट्यो । के भन्दा के हुनुपर्‍यो रुु ओलीले भने । प्रतिनिधिसभाको बैठकमा एमालेले विनियोजन विधयकमाथि मत विभाजन मागेपछि मतदान भएको थियो । पक्षमा १ सय ४७ र विपक्षीमा १ सय ८ मत परेको थियो । संसदले पहिलो पटक मत विभाजनमार्फत आर्थिक विनियोजन विधेयक पारित गरेको हो ।

बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले ध्वनीमतले पारित गर्न खोज्दा एमालेका सचेतक महेश बर्तौलाले मत विभाजन माग गरेका थिए । उनीको माग लगत्तै सभामुख घिमिरेले मत विभाजनको प्रक्रिया सुरु गरेका थिए । यसअघि नै सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितका दलहरुले बजेट हुबहु पारित गर्न ह्वीप जारी गरेका थिए ।