मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रविको सांसद पद खारेजीको मागसहित परेको रिट खारेज

रविको सांसद पद खारेजीको मागसहित परेको रिट खारेज

अपि टाइम्स

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले संवैधानिक इजलासबाट राहत पाएका छन् । उनको सांसद पद खारेजीको मागदाबीसहित परेको मुद्दालाई बुधबार संवैधानिक इजलासले खारेज गरिदिएको हो ।

युवराज सफल पौडेलले गत जेठ १० गते निर्वाचन आयोगसहितलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए । राहदानी दुरुपयोग लगायतका विषय उठाउँदै रिट निवेदनमा रवि लामिछाने सांसद बन्न अयोग्य रहेको दाबी गरिएको थियो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लसहितको संवैधानिक इजलासले उक्त रिट निवेदन खारेज हुने ठहर गरेको हो ।