मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फ्री भिसा फ्री टिकट व्यवहारिक छैन, खारेज गर्नुपर्छः किसान श्रेष्ठ

फ्री भिसा फ्री टिकट व्यवहारिक छैन, खारेज गर्नुपर्छः किसान श्रेष्ठ

अपि टाइम्स

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद किसान श्रेष्ठले फ्री भिसा फ्री टिकट खारेज गर्नुपर्ने बताएका छन् । बिहीबार मस्कटमा गैरआवासीय नेपाली संघ [एनआरएन]ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता श्रेष्ठले फ्री भिसा फ्री टिकट व्यवहारिक नभएको बताएका हुन् ।

उनले भने, फ्री भिसा फ्री टिकट खारेज गर्नुपर्छ । यो व्यवहारिक छैन । श्रमिक ३ लाख तिरेर आउन बाध्य छन् ।

नेता श्रेष्ठले फ्री भिसा फ्री टिकट खारेज गरेर कानुनमा एक महिनाको सेवा शुल्क लिने व्यवस्था गर्नुपर्ने बताए । उनले अहिलेको मन्त्रीले यस विषयमा ध्यान दिनुपर्ने पनि बताए ।