मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उड्डयन हाकिमको फेसबुकमा देखियो अश्लील सामग्री, ह्याक भएकै हो त ?

उड्डयन हाकिमको फेसबुकमा देखियो अश्लील सामग्री, ह्याक भएकै हो त ?

अपि टाइम्स

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको सामाजिक सञ्जाल फेसबुकमा अश्लील सामग्री पोस्ट भएको पाइएको छ । पर्यटन मन्त्री सुदन किराँतीसँग टसल परेका उनको फेसबुक अकाउन्टमा यस्ता सामग्री राखेको देखिएको हो ।

अधिकारीको पब्लिक गरिएका पोस्टहरूमा सन् २०१५ को मे १ र ९ जुनको मितिमा राखेको जस्तो देखिने १० ओटा पोस्टमा अश्लील सामग्री समावेश छ । अधिकारीकै अकाउन्टबाट गरिएका ती पोस्टमा विभिन्न व्यक्तिलाई ट्याग गरिएको छ ।

सम्भवतः उनले कुनै मालवेयर युक्त लिङ्कमा क्लिक गर्दा यस्तो भएको हुनसक्ने देखिन्छ । हालै मात्र मालवेयर राखिएको लिङ्कमा क्लिक गर्ने प्रयोगकर्ताको प्रोफाइलमा अश्लील सामग्री पोस्ट भई र त्यसमा अन्य व्यक्तिलाई समेत टयाग हुने समस्या देखिएको थियो ।

टेकपानासँगको कुराकानीमा अधिकारीले आफूले फेसबुक खासै प्रयोग नगर्ने बताए । ूमैले कहिले काहिं मात्रै हेर्ने हो,ू उनले भने, ूसायद ह्याक गरेर कसैले त्यस्ता सामग्री राखेको हुनसक्छ । म हाम्रो आईटी टिमलाई के भएको रहेछ हेर्न लगाउँछु ।ू

ह्याक भएको आशङ्का व्यक्त गरेपनि उनले अझै यो फेसबुक अकाउन्ट आफूले प्रयोग गरिरहेको उल्लेख गरे ।

अर्को एक फरक सन्दर्भमा मन्त्री किराँतीले स्पष्टीकरण सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनले त्यसको जवाफ नदिने प्रतिक्रिया दिए । ूमलाई मन्त्रिपरिषद्‌ले नियुक्ति दिएको हो,ू उनले भने, ूकानूनतः उहाँले मलाई स्पष्टीकरण सोध्न सक्नु हुन्न र म दिंदा पनि दिन्नँ ।ू