मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

२८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

अपि टाइम्स

काठमाण्डौ । नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । पहिरो पन्छाउने काम सकिएसँगै सडक खण्ड सञ्चालनमा आएको हो ।

आज बिहान साढे ८ बजेदेखि नै दुवै तर्फबाट पहिरो पन्छाउने काम भएकोमा अहिले बेलुका ५ बजेदेखि सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सडक खण्डको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा हिजो दिउँसो १ बजे पहिरो खसेपछि सडक बन्द भएको थियो । बेला–बेलामा माथिबाट ढुङ्गा खसेर काममा अवरोध पुगे पनि सजगता अपनाउँदै काम गरेको प्रमुख पौडेलले बताउनुभयो ।

हिजोदेखि सुक्खा पहिरो निरन्तर खसेपछि पन्छाउने काम गर्न सकिएको थिएन । ढुङ्गा खस्ने क्रम कम भएसँगै आज बिहानदेखि पहिरो पन्छाउन थालिएको हो ।

सडक सञ्चालनमा आए पनि गाडीको लामो लाइन भएकाले तत्काल वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । चौबीस घण्टाभन्दा बढी समयदेखि सडक बन्द हुँदा यो सडक हुँदै यात्रा गर्ने धेरै यात्रु बिचल्लीमा परेका थिए । यो सडक हुँदै दैनिक औसतमा १० हजार वटा गाडी आउजाउ गर्ने गर्दछन् ।