मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणगढ-मुग्लिन सडकः पहिरो पन्छाइए पनि रोकिएन ढुंगा खस्नेक्रम

नारायणगढ-मुग्लिन सडकः पहिरो पन्छाइए पनि रोकिएन ढुंगा खस्नेक्रम

अपि टाइम्स

चितवन — नारायणगढ-मुग्लिन सडकअन्तर्गत तुइन खोला नजिक बिहीबारदेखि खसेको पहिरो हटाइएको छ । पहिरो सफा गरेर शुक्रबार साँझ ५ बजेदेखि गाडी चल्न सुरू भएका छन् ।

तर माथिबाट ढुंगा झर्न नरोकिएका कारण होसियारीका साथ गाडी चलाउन भरतपुरको डिभिजन सडक कार्यालयले अनुरोध गरेको छ ।

यो सडक बिहीबार दिउँसो १ बजेदेखि अवरूद्ध थियो ।

पहिरो सफा हुनासाथ गाडी चल्दा माथिबाट खसेको ढुंगाले दुईवटा मोटरसाइकललाई लागेको थियो । मोटरसाइकल चालकहरूले भागेर ज्यान जोगाएको डिभिजन कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलले बताए ।

हिजोदेखि नै सडकमा थुप्रै गाडी रोकिएका कारण पहिरो सफा भए पनि राम्रोसँग गाडी चल्न समस्या छ । झन् ढुंगा झर्न नरोकिएको हुँदा अर्को जोखिम पनि कायम रहेको प्रहरीले बताएको छ ।