मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीमा फोहोर संकलन गर्ने गाडी आएको अब मोबाइलबाट थाहा हुने

धनगढीमा फोहोर संकलन गर्ने गाडी आएको अब मोबाइलबाट थाहा हुने

अपि टाइम्स

कैलाली । धनगढी उपमहानगरपालिकाले फोहोर संकलन गर्ने गाडीमा जीपीएस प्रणाली जडान गरेको छ । यो प्रणाली जडान भएसँगै अब नगरका मानिसले फोहोर बोक्ने गाडी आफ्नो घर नजिक आइपुगेको आफ्नो मोबाइल मार्फत नै थाहा पाउने भएका छन् ।

धनगढी उपमहानगरपालिकाले नगरमा फोहोर बोक्ने गाडीमा जीपीएस जडान गरेको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताए । उनले हाललाई उपमहानगरपालिकाको तर्फबाट दुईओटा ट्राक्टरमा जीपीएस जडान गरिएको बताए ।

फोहरमैला संकलनलाई थप प्रभावकारी बनाउन ुुसमाजका लागि युवाू नामक संस्थासँगको सहकार्यमा उपमहानगरपालिकाले लुना जीपीएसको यो सेवा प्रयोगमा ल्याएको हो । सो एप मार्फत नगरवासीले सहजै फोहोर संकलन गर्ने गाडी कहाँ आइपुग्यो भनेर थाहा पाउन सक्नेछन् (ूनगर प्रमुख हमालले बताए ।

साथै सो गाडी घर नजिकै पुग्दा उक्त एपले नगराबासीको मोबाइलमा नोटिफिकेसन पठाउनेछ । प्रविधि प्रभावकारी भएमा फोहरमैला संकलन गर्ने अन्य गाडीहरुमा समेत उक्त प्रविधि जडान गरिने नगर प्रमुख हमालले बताएका छन् ।