मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा

विश्वकप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा

अपि टाइम्स

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टोले फिफा विश्वकप छनोट खेल्ने प्रारम्भिक ३० खेलाडीको नाम घोषणा गरेका छन् ।


प्रारम्भिक टोलीको गोलकिपरमा किरणकुमार लिम्बु, अनिष देउजा, दिप कार्की, अभिषेक बराल रहेका छन् ।

डिफेन्डरमा बिमल पाण्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, देबेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा र अन्जन राई छन् ।

त्यस्तै, मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बु, आभाष लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल र कृतिश रत्न छन् ।

यस्तै फरवार्डमा आयुश घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, बिमल घर्तिमगर, जिलेस्पी जंग कार्की र दिनेश हेन्जन छन् ।

खेलाडीको बन्द प्रशिक्षण अगष्ट १ बाट सुरु हुने एन्फाले जनाएको छ । नेपाल भर्खरै साफ च्याम्पियनसिप खेलेर फर्किएको छ । साविक उपविजेता नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको थियो ।

साफ च्याम्पियनसिप सकेको नेपाल अब सन् २०२६ को विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछ ।