काठमाण्डौ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पाँच दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् ।
संविधानको धारा १६८ ९२० अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि उनले आह्वान गरेका हुन् । अब दलहरुले असार २१ गतेसम्म प्रदेश सभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ ।
शुक्रवार एमाले नेता हिक्मतकुमार कार्की प्रदेश सभाबाट विश्वासको मत नपाएपछि पदमुक्त हुभएका थिए ।
कोशी प्रदेशमा बहुमत पुर्याउन विपक्षी दलहरु राप्रपालाई आफूहरुको गठबन्धनमा सहभागी गराउन प्रयास गरिरहेका छन् ।
प्रतिक्रिया