मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिराले घर भत्काउँदा अर्घाखाँचीमा ३ जना बालबालिकाको मृत्यु

पहिराले घर भत्काउँदा अर्घाखाँचीमा ३ जना बालबालिकाको मृत्यु

अपि टाइम्स

अर्घाखाँची। पाणिनी गाउँपालिका–१ कोप्चेमा मंगलबार बिहान पहिराले घर भत्काउँदा ३ जना बालबालिकाको मृत्यु भएको छ।
१ जना बालकको उद्धार गरेर उपचारका लागि पाल्पा अस्पताल लगिएको गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले जानकारी दिए।

उनका अनुसार बिहान ६ बजे घरमाथिको ढिस्को भत्कँदा गंगा रास्कोटीको घर पुरिएको हो।

मृत्यु हुनेमा ११ वर्षकी अन्जना रास्कोटी, १० वर्षका खुमबहादुर रास्कोटी र ९ वर्षका धनबहादुर रास्कोटी रहेका छन्। १४ वर्षका सचिन्द्र रास्कोटी गम्भीर घाइते रहेको न्यौपानेले बताए। मृतक र घाइते बालबालिका भाइभाइका छोरा हुन्।

परिवारका सदस्य उठेर काममा गएका बेला घरभित्रै सुतिरहेका बालबालिका पहिरोमा परेका थिए।

बालबालिकाको शव पोखराथोकमा रहेको स्वास्थ्य केन्द्रमा लैजाने र पोस्टमार्टमपछि परिवारलाई बुझाइने अध्यक्षले जानकारी दिए।