मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेखा र पूजाको फिल्मको नाम ‘उपहार’

रेखा र पूजाको फिल्मको नाम ‘उपहार’

अपि टाइम्स

काठमाण्डौँ । स्वर्गीय शिव रेग्मीको चर्चित फिल्म ‘उपहार’को नाम सापटी लिदै नायिका रेखा थापाले आफ्नो फिल्मको नाम तय गरेकी छिन् । चलचित्र विकास बोर्डमा फिल्मको नाम ‘उपहार’ राखेर दर्ता गरिएको छ । फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले दर्शकहरुका लागि उपहार भन्दै फिल्मको नाम सार्वजनिक गरेका छन् ।

रेखा थापाको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा रेखा थापा र नायिका पूजा शर्मा फाइनल भैसकेका छन् । फिल्मको ट्याग लाइन ‘द जर्नी अफ लाइफ’ राखिएको छ । यसले, फिल्म सामाजिक कथामा निर्माण हुन लागेको बुझ्न सकिन्छ ।

फिल्मको छायांकन भदौबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ । अभिमन्यू निरवीले यो फिल्मको कथा लेखिरहेका छन् । यसपटक फिल्ममा कुनै पनि खालको संझौता नगर्ने ज्ञानेन्द्रको भनाई छ ।

गतबर्ष फिल्म ‘झिंगे दाउ’ बक्स अफिसमा हिट भएपछि ज्ञानेन्द्र अझै उत्कृष्ट फिल्म बनाउनुपर्ने दबाबमा छन् । यस्तै, नायिका रेखा थापाले पनि फिल्म ‘मालिका’पछि केही फिल्म बनाउने घोषणा गरिन्, तर ती फिल्म बन्न सकेनन् ।

यसैले, रेखा पनि यसपटक उत्कृष्ट फिल्म बनाउनुपर्ने दबाबमा छिन् । यसैले, तिन जना नायिकाको मुख्य भूमिका रहने फिल्मलाई उत्कृष्ट बनाउन निर्माता, निर्देशक र नायिका लागिपरेका छन् । फिल्मको गीत रेकर्डिङको काम सुरु भएको छ ।