मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुको ज्ञानपुञ्ज बोर्डिङको दावीः एसईई नतिजामा प्रदेशमै उत्कृष्ट

कपिलवस्तुको ज्ञानपुञ्ज बोर्डिङको दावीः एसईई नतिजामा प्रदेशमै उत्कृष्ट

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित ज्ञानपुञ्ज ईङलिस बोर्डिङ स्कुलले एसईई नतिजा २०७९ मा लुम्बिनी प्रदेशमा उत्कृष्ट रहेको दावी गरेको छ ।

विहिबार सार्वजनिक भएको नतिजामा आफ्नो विद्यालयबाट एसईईमा सहभागी ३३ जना विद्यार्थीहरुको समग्र नतिजालाई मुल्याङ्कन गर्दा प्रदेशमै उत्कृष्ट रहेको विद्यालयले दावी गरेको हो ।

विद्यालयका प्रिन्सिपल सुरेन्द्र पाण्डेका अनुसार ‘ए प्लस’ ग्रेडमा १८ जना, ‘ए’ ग्रेडमा १० जना र ‘बी प्लस’ ग्रेडमा ५ जना गरी ३३ जनाकै उत्कृष्ट नतिजा आएको छ । ए प्लसमध्ये दुई जनाको ३ दशमलव ९५ अंक रहेको विद्यालयले जनाएको छ । कोही पनि बी र सी ग्रेडमा छैनन् ।

प्रिन्सिपल पाण्डे भन्छन्, ‘यो नतिजा प्रदेशमै उत्कृष्ट हो । ब्यक्तिगत नतिजा पनि राम्रो छ । समग्रमा हाम्रो नतिजा उत्कृष्ट आएको बुझिएको छ । प्रदेशमा सबै विद्यालयको समग्र नतिजा बुझ्दा हाम्रा छात्रछात्राको राम्रो रहेको पायौँ । यस नतिजाले उत्साहित बनाएको छ । सबै विद्यार्थीलाई बधाई र मिहिनेती शिक्षकलाई धन्यबाद दिन चाहान्छौँ ।’

विद्यालयका प्रबन्ध निर्देशक रोमाकान्त घिमिरेले यो नतिजा आशादित रहेको बताउँदै उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई बधाई दिएका छन् ।

विद्यालयका अध्यक्ष पदमलाल अधिकारीले यसपटक विद्यालयले प्रदेशमा उत्कृष्ट नतिजा ल्याएर खुसी छरेको बताउँदै आगामी दिनमा अझै राम्रो गराउने बताए । शैक्षिक गतिविधिमा जिल्लामा उत्कृष्ट रहेको विद्यालय अन्र्तराष्ट्रिय स्कुल अवार्ड (आइएसए) मान्यता प्राप्त विद्यालय हो ।