मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जीटुजी प्रक्रियाबाट नै मल खरिद गर्नुपर्छः मन्त्री भुसाल

जीटुजी प्रक्रियाबाट नै मल खरिद गर्नुपर्छः मन्त्री भुसाल

अपि टाइम्स

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले रासायनिक मल खरिद ऐन र खरिद नियमावली संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले रासायनिक मल खरिद प्रक्रियाको टेण्डर ४५ दिन रहेकोमा अब १५ दिन राख्नेगरी मन्त्रालयले प्रस्ताव अघि बढाएको बताए ।

उनले जीटुजी प्रक्रियाबाट नै मल खरिद गर्नुपर्ने र जीटुजीका लागि बजेटको अग्रिम सुनिश्चिततालाई जोड दिन आवश्यक रहेको बताए । उनले छोटो समयमा नै मल खरिद गरी समयमा नै किसानलाई आपूर्ति गर्ने व्यवस्था गर्नुपर्ने बताए ।

मन्त्री भुसालले रासायनिक मलमा मात्रै निर्भर नभई प्राङ्गारिक र जैविक मलमा निर्भर हुनेकुरामा जोड दिन आवश्यक रहेको बताए ।