मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुको होराइजन माविका सक्षम सुवेदीले ल्याए ४ जिपिए

कपिलवस्तुको होराइजन माविका सक्षम सुवेदीले ल्याए ४ जिपिए

अपि टाइम्स

सिद्धिपुर । कपिलवस्तुका सक्षम सुवेदीले बिहीबार प्रकाशित एसईई परीक्षाको नतिजामा ४ जिपिए ल्याएका छन्। कपिलवस्तुको बाणगंगा नगरपालिका ४, सिद्धिपुर स्थित होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी घिमिरेले ग्रेड प्वाइन्ट ४ अंक हासिल गरेका हुन्। एसइईको हकमा ४ जिपिए सम्पुर्ण कुल नतिजा हो ।

विद्यालयका प्राचार्य बासुदेव घिमिरेले कपिलवस्तु जिल्लामा ४ जिपिए विद्यालयले दोस्रो पटक ल्याएको बताउँदै आफ्नो विद्यालय यो पटक पनि नेपाल प्रथम भएको बताए ।

सुवेदी विद्यालयका मिहिनती र अब्बल विद्यार्थी रहेको घिमिरेले बताए। चार जिपिए अंक ल्याएका सुवेदीले मेहनत अनुसार अंक आएको भन्दै खुसी व्यक्त गरेका छन्। एसईई दिए पछि सुबेदीले काठमाण्डौका बिभिन्न कलेल तथा बिद्यालयमा इन्ट्रान्स परीक्षा दिएका थिए । सबैमा नाम निकाले पनि उनी अहिले काठमाण्डौको बुढानिलकन्ठ स्कुलमा कक्षा ११ मा बिज्ञान बिषयमा भर्ना भएको प्राचार्य घिमिरेले बताए ।

होराइजन कपिलवस्तु जिल्लामै पहिलो (क) वर्गको विद्यालय हुनुका साथै राष्ट्रिय स्तरमा विभिन्न विधामा सम्मान पनि प्राप्त गरिसकेको र शिक्षा क्षेत्रमा अब्बल विद्यालयको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल रहेको प्राचार्य बासुदेव घिमिरेले बताए