मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाकिस्तानमा ३० वर्षयताकै ठुलो मुसलधारे वर्षा, १७ जनाको ज्यान गयो

पाकिस्तानमा ३० वर्षयताकै ठुलो मुसलधारे वर्षा, १७ जनाको ज्यान गयो

अपि टाइम्स

एजेन्सी । पाकिस्तानको पूर्वी प्रान्त लाहोरमा मुसलधारे वर्षाका कारण कम्तीमा १७ जनाको ज्यान गएको छ । ५० जनाभन्दा धेरै घाइते घाइते भएका छन् ।

ठूलो वर्षापछि डुबेर, भत्किएका भग्नावशेषमा पुरिएर र करेन्ट लागेर उनीहरुको ज्यान गएको पाकिस्तानको उद्धार विभागले जनाएको छ ।

पूर्वी पञ्जाब प्रान्तको प्रान्तीय राजधानीमा विगत ३० वर्षयताकै सबैभन्दा धेरै २ सय ९१ मिलिमिटर वर्षा भएको छ । अस्ति र हिजोको वर्षाले सहरी क्षेत्रमा बाढी आएको छ । भौतिक पूर्वाधारमा क्षति पुगेको छ ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक इमरान कुरेशीले सडक र अन्डरपास डुबान हुँदा यातायात सेवासमेत प्रभावित भएको जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।