मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेलारुसी राष्ट्रपति भन्छन् ‘वाग्नर प्रमुख अझै रुसमै छन्’

बेलारुसी राष्ट्रपति भन्छन् ‘वाग्नर प्रमुख अझै रुसमै छन्’

अपि टाइम्स

काठमाडौँ । वाग्नरका प्रमुख येवगेनी प्रिगोजिन अहिले पनि रुसमै रहेका र बेलारुसमा कुनै पनि लडाकु समूहले आफ्नो विद्रोह अन्त्यका लागि सम्झौता नगरेको बेलारुसी शीर्षस्थ अधिकारीले बताएका छन् ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले भन्नुभयो, ‘जहाँसम्म प्रिगोजिनको कुरा छ, उहाँ सेन्ट पिटर्सबर्गमा हुनुहुन्छ । उहाँ बेलारुसमा हुनुहुन्न ।’

मिन्स्कको प्रेसिडेन्ट बिल्डिङ अफ इन्डिपेन्डेन्समा साढे तीन घण्टा लामो गोलमेच वार्तामा उहाँले एएफपीलगायत अन्तर्राष्ट्रिय र बेलारुसका पत्रकारसँग कुराकानी गर्नुभएको थियो । लुकाशेन्कोले प्रिगोजिन स्वतन्त्र व्यक्ति हुनुहुन्छ भन्ने कुरा आफूलाई ‘निश्चितरूपमा’ थाहा भएको बताउँदै भन्नुभयो, ‘मैले हिजो उहाँसँग फोनमा कुरा गरेको थिएँ ।’

क्रेमलिनले असफल विद्रोहमा भाग लिएकाहरूलाई बेलारुस जान प्रस्ताव गरे पनि वाग्नरका सदस्यहरूले बेलारुसमा शिविर स्थापना नगरेको पनि उहाँले बताउनुभयो । लुकाशेन्कोले भन्नुभयो, ‘अहिले उनीहरूको स्थानान्तरण र व्यवस्थापनको प्रक्रिया तय भएको छैन ।’

बेलारुसका नेताले यस वर्षको अन्त्यसम्ममा रणनीतिक हतियारहरू आफ्नो देशमा पूर्णरूपमा तैनाथ गरिने बताउनुभएको छ ।