मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्कटल्यान्डलाई हराउँदै नेदरल्यान्ड्स विश्वकपमा छनोट

स्कटल्यान्डलाई हराउँदै नेदरल्यान्ड्स विश्वकपमा छनोट

अपि टाइम्स

काठमाण्डौ । स्कटल्यान्डमाथि सानदार जित निकाल्दै नेदरल्यान्ड्स आईसीसी एकदिवसीय विश्वकपमा छनोट भएको छ ।

आईसीसी विश्वकप छनोटको ुसुपर सिक्सु खेलमा स्कटल्यान्डले दिएको २ सय ७८ रनको लक्ष्य नेदरल्यान्ड्सले ५ विकेट गुमाएर ४२ ओभर ५ बलमै भेटायो । विश्वकपमा छनोट हुनका लागि नेदरल्यान्ड्सले स्कटल्यान्डले दिएको २ सय ७८ रनको लक्ष्य ४४ ओभरमा पूरा गर्नुपर्ने थियो ।

नेदरल्यान्ड्सका लागि बास दी लिडेले शतक बनाए । उनी ९२ बलमा १ सय २३ रन बनाएर आउट भए । यस्तै विक्रमजित सिंहले ४० र सकिब जुल्फिकरले नटआउट ३३ रन बनाए । बलिङतर्फ स्कटल्यान्डका माइकल लिस्कले २ विकेट लिए ।

जिम्बावेको क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७७ रन बनायो । स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलेनले शतक बनाए । उनी १ सय १० बलमा १ सय ६ रन बनाएर आउट भए । यस्तै कप्तान रिची बेरिङ्टनले ६४ र टोमस म्याकइनटोशले नटआउट ३८ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका बास दी लिडेले ५ विकेट लिए ।

योसँगै ुसुपर सिक्सु बाट विश्वकपमा पुग्ने दुई वटा टोलीको टुङ्गो लागेको छ । श्रीलङ्का यसअघि नै विश्वकपमा छनोट भइसकेको छ ।