मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोरखपुरकी ‘लेडी डन’ रुपन्देहीबाट पक्राउ

गोरखपुरकी ‘लेडी डन’ रुपन्देहीबाट पक्राउ

अपि टाइम्स

रुपन्देही । भारतको गोरखपुरमा ुलेडी डनु को नामले चर्चित गीता तिवारी भैरहवाबाट पक्राउ परेकी छिन् । चोरी, लुटपाट, हत्यालगायतका घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीको हिरासतमा रहेकी उनी धरौटीमा रिहा भएकी थिइन् । तिवारीलाई रुपन्देही प्रहरीले विभिन्न चोरीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।

रुपन्देही प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माका अनुसार तिवारी भैरहवामा भएको सिलसिलेवार चोरी घटनाकी मुख्य आरोपी हुन् । भारतको गोरखपुर बस्ने ४३ वर्षीया गीता तिवारी वैशाख ९ गते सिद्धार्थनगर नगरपालिका–३ बस्ने हेमन्तकुमार हलवाइको घरबाट सुनका गरगहनासहित ५० लाख रुपैयाँ बराबरको चोरी गरेको घटनामा संलग्न रहेको प्रहरी उपरीक्षक विश्वकर्माले बताए ।

यस्तै वैशाख २३ गते सिद्धार्थनगर नगरपालिका–३ बस्ने डा। नरेन्द्र चौधरीको घरबाट सुनचाँदीका गहना, ल्यापटप र तीन लाख ८० हजार रुपैयाँ चोरी गरेको र जेठ ३ गते सिद्धार्थनगर नगरपालिका–८ बस्ने हुमनाथ पाण्डेको घरबाट ६० हजार रुपैयाँसहित ल्यापटप, मोबाइल, सुनको औँठी चोरी गरेको आरोप प्रहरीले लगाएको छ ।

पक्राउ परेकी तिवारीलाई चोरी तथा डाकासम्बन्धी कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । यस्तै हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको विश्वकर्माको भनाइ छ । तिवारीका समूहका अन्य सदस्यको समेत खोजी भइरहेको उनले बताए ।