मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कक्षा ११ को विद्यार्थी भर्नाका लागि कम्तीमा १५ दिन छुट्याउनूः काठमाण्डौ महानगर

कक्षा ११ को विद्यार्थी भर्नाका लागि कम्तीमा १५ दिन छुट्याउनूः काठमाण्डौ महानगर

अपि टाइम्स

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले कक्षा ११ मा हुने विद्यार्थी भर्नाका लागि कम्तीमा १५ दिनसम्मको सूचना प्रकाशन गर्न विद्यालयलाई आह्वान गरेको छ ।

महानगरको शिक्षा विभागले आज सार्वजनिक सूचना निकालेर एसईई पास भएका र कक्षा ११ मा भर्ना हुने विद्यार्थीका लागि कम्तीमा १५ दिनको सूचना प्रकाशन गर्न महानगरभित्रका विद्यालयलाई अनुरोध गरेको हो।

विगतमा छोटो अवधिको सूचना प्रकाशन हुने गरेको गुनासो आएको र यसबाट दुर्गम क्षेत्रबाट भर्नाका लागि काठमाण्डौ आउने विद्यार्थीहरु आवेदन दिन वञ्चित भएकोतर्फ ध्यानाकर्षण भएको महानगरले जनाएको छ ।

यस्तै, शिक्षा विभागले कक्षा ११ मा भर्ना गरिने विद्यार्थीलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

२०७९र८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको सङ्ख्या असार मसान्तभित्र पठाउन सूचित गरेको छ ।