मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेलम्चीमा फेरि बाढी, दुई वटा पुलमा क्षति

मेलम्चीमा फेरि बाढी, दुई वटा पुलमा क्षति

अपि टाइम्स

काठमाण्डौ । सिन्धुपाल्चोक, दोलखा र सोलुखुम्बुमा ठूलो वर्षा भएको छ । गएराति सिन्धुपाल्चोकको नाकोटे र गुम्थाङमा ठूलो वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई वटा पुलमा क्षति पुर्याएको छ । पुलमा क्षति हुँदा मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २ का बासिन्दा प्रभावित भएका छन् ।

इन्द्रावती नदीमा भने आज बेलीब्रिजको उद्घाटन हुँदैछ । यस्तै, दोलखाको रिखु, लामाबगर, सिँगटी र सोलुखुम्बुको सिरुवा तथा आसपासका धेरै ठाउँमा ठूलो पानी परेको छ । ठूलो वर्षाका कारण यी तीन जिल्लामा बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह छ ।