मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असार २९ गते नेपालले पाकिस्तानको ‘ए टिम’ संग प्रतिस्पर्धा गर्ने

असार २९ गते नेपालले पाकिस्तानको ‘ए टिम’ संग प्रतिस्पर्धा गर्ने

अपि टाइम्स

काठमाडौँ । आगामी असार २८ देखि श्रीलंकामा सुरू हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालको पहिलो प्रतिस्पर्धी ले पहिलो खेलमा पाकिस्तान भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले प्रकाशन गरेको खेल तालिकाअनुसार नेपालले पाकिस्तानको ‘ए’ टिमसँग असार २९ गते प्रतिस्पर्धा गर्ने छ ।

नेपालले दोस्रो खेल भारतको ‘ए’ टिमसँग साउन १ मा खेल्नेछ। यस्तै युएईको ‘ए’ टिमसँग नेपालको खेल साउन ३ मा हुनेछ।

दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ।

समूह ए – श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए, ओमान ए

समूह बी– पाकिस्तान ए, भारत ए, नेपाल, युएई ए