मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असार मसान्तको नाममा टर्चर नदिन वित्तीय संस्थालाई संघको आग्रह

असार मसान्तको नाममा टर्चर नदिन वित्तीय संस्थालाई संघको आग्रह

अपि टाइम्स

काठमाडौँ । असार मसान्तको नाममा बैङ्क तथा वित्तीय संस्थाहरुले उद्योगी, ब्यापारी तथा व्यवसायीलाई अनावश्यक ‘टर्चर’ दिएको भन्दै त्यसो नगर्न कपिलवस्तु उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।

असार २२ गते शुक्रबार एक प्रेस विज्ञ्प्ती जारी गर्दै संघले असार मसान्त भए पनि ब्यवसायीको पीडा र मर्का बुझ्न वित्तीय संस्थालाई आग्रह गरेको हो ।

संघका अध्यक्ष डोलकराम घिमिरे र महासचिव मनोज पौडेलद्धारा जारी विज्ञप्तीमा ब्यवसायी अझै पनि समस्यामा रहेको उल्लेख गरिएको छ । व्यवसायी यस्तो अवस्थामा रहेको थाहा पाउँदा पाउँदै बैङ्क, सहकारी, फाइनाइन्स, माइक्रो फाइनाइन्सहरुले सावा र ब्याज उठाउन दबाब दिँदा तत् संस्था र परिवारमा समेत द्धन्दको स्थिति सिर्जना भएको उल्लेख छ ।

व्यवसायीसंग द्धन्द्ध बढाएर भन्दा कर्जा सहजिकरणका वैकल्पिक उपाय अपनाएर अघि बढ्दा दुवै पक्षलाई राम्रो हुने संघको भनाई छ । समस्या समाधानको सहज बाटो हुँदाहुँदै पैसाको उठाउने नाममा वित्तिय संस्थाहरु अमानवीय र अवाञ्छित गतिविधिमा लागेको गुनासो आइरहेकोले त्यस्ता गतिविधि तत्काल बन्द नभए संघ चुप लागेर नबस्ने समेत संघले चेतावनी दिएको छ । विज्ञप्ती निकाल्नु अघि वाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता थारु, वित्तीय संघसंस्थाका प्रमुख र सरोकारवालाको सहभागितामा संघले अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा ब्यवसायीले आफ्ना पीडा राखेका थिए भने वित्तयि संस्थाहरुले आफूहरु नियमअनुसार जाने भन्दै ब्यवसायीलाई टर्चर नगरेको बताएका थिए ।
यस्तो छ विज्ञप्ती