मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसईईको नतिजामा जनता माविः ७० जनाको ए प्लस, कपिलवस्तुमै उत्कृष्ट

एसईईको नतिजामा जनता माविः ७० जनाको ए प्लस, कपिलवस्तुमै उत्कृष्ट

अपि टाइम्स

कपिलवस्तु । विगतका वर्षदेखि एतिहासिक नतिजा हासिल गर्दै आएको जनता माध्यमिक विद्याल, पिपरा कपिलवस्तुले एस.ई.ई. नतिजा २०७९ मा पनि सर्वोत्कृष्ट नतिजा प्राप्त गरेको विद्यालयले दाबी गरेको छ ।

लुम्बिनी प्रदेशमा उत्कृष्ट छवि बनाएको जनताले ७० जना विद्यार्थीहरुलाई ए प्लस ग्रेडमा उत्तीर्ण गराउन सफल भएको विद्यालय प्रधानाध्यापक रमशे पन्थीले बताए । पन्थीले ६ जना विद्यार्थीले ३.९ जि.पि.ए प्राप्त गरेको बताए । विद्यालयका ९७ जनाले ए ग्रेड र अन्य सबै विद्यार्थीहरुले उत्कृष्ट ग्रेडमा उत्तीर्ण हुन सफल पन्थीले बताए ।

तीन वर्षे प्राविधिक शिक्षा र कपिलवस्तुमा पहिलो विज्ञान विषयका कक्षा संचालन गरेको विद्यालयले उत्कृष्ट नतिजालाई निरन्तरता दिएको अंग्रेजी माध्यमका कोर्डिनेटर उज्ज्वल अधिकारीले बताए । अधिकारीले प्ले ग्रुपदेखि डिप्लोमा तहसम्म अध्यापन हुने विद्यालय कपिलवस्तुका लागि मात्र नभएर लुम्बिनी प्रदेशकै लागि उत्कृष्ट शैक्षिक गन्तव्य भएको दाबी गरे ।