मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घट्यो सेयर बजार, फाइनान्सका लगानीकर्ताले धेरै गुमाए

घट्यो सेयर बजार, फाइनान्सका लगानीकर्ताले धेरै गुमाए

अपि टाइम्स

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । १२.६२ अंकले घटेको बजार २०८०.९२ विन्दुमा रोकिएको छ । यो शून्य दशमलव ६० प्रतिशतको गिरावट हो । बिहीबार सबैभन्दा धेरै फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । फाइनान्स सब–इण्डेक्स २ प्रतिशतले घटेको छ ।

यसबाहेक जलविद्युत, विकास बैंक, व्यापारसहितका सब-इण्डेक्स समेत धेरैले घटेको छ । घटेको बजारमा समेत होटेल तथा पर्यटन, बैंक तथा म्यूचअल फण्डको सब-इण्डेक्स भने बढेको छ । बिहीबार २९६ धितोपत्रको ५७ हजार ६४५ कारोबारबाट ९३ लाख ८२ हजार ४४० कित्ता सेयर किनबेच भएको छ ।

कारोबार रकम ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँ पुगेको छ ।एनएमए डिभेञ्चर, एसबीएल डिभेञ्चर, एनआईबीएल समृद्धि फण्डको सकारात्मक सर्किट लेबलमा कारोबार भयो । पिपुल्स हाइड्रो, हिमालयन पावर, बुद्धभूमी हाइड्रो, मनकामना स्मार्ट लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।

शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल टेलिकमसहितका धितोपत्रको आज धेरै कारोबार भएको छ ।