मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ राजनीतिक दल बनाएर भएपनि निर्वाचन लड्ने इमरान खानको उद्घोष

नयाँ राजनीतिक दल बनाएर भएपनि निर्वाचन लड्ने इमरान खानको उद्घोष

अपि टाइम्स

एजेन्सी । पाकिस्तान तेहरीक–ए–इन्साफ [पीटीआई] का अध्यक्ष इमरान खानले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाइएको अवस्थामा आगामी आम निर्वाचनमा भाग लिनका लागि नयाँ राजनीतिक दल गठन गर्ने र चुनाव जित्ने बताए पाकिस्तानको अङ्ग्रेजी दैनिक पत्रिका [डन] ले जनाएको छ ।

मे ९ मा भएको देशव्यापी हिंसात्मक प्रदर्शनलाई लिएर धेरै सरकारी अधिकारीहरूले प्रदर्शनमा सम्लग्न प्रदर्शनकारी र पीटीआईमाथि प्रतिबन्ध लगाउन आह्वान गरेका थिए ।

पाकिस्तानका आन्तरिक मामिला मन्त्री राणा सनाउल्लाहले पीटीआईमाथि प्रतिबन्ध लगाउनु नै एकमात्र समाधान भएको बताएका थिए ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तान पिपुल्स पार्टी [पीपीपी] का अध्यक्ष तथा विदेशमन्त्री बिलावल भुट्टो जरदारीले पनि पीटीआईमाथि प्रतिबन्ध लगाउने कुनै पनि कदमको आफ्नो पार्टीले विरोध नगर्ने बताएका छन्।