मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतवार प्रकाशित एक अन्तर्वार्तामा युक्रेनले ‘क्लस्टर बम’ जस्ता हतियार प्रयोग गर्ने हो भने जवाफ दिन आफ्नो देशसँग पनि पर्याप्त त्यस्ता हतियार रहेका बताएका छन् ।
युक्रेनले संयुक्त राज्य अमेरिकाबाट क्लस्टर हतियार प्राप्त गर्न थालेको सन्दर्भमा तत्क्षण विस्फोट हुन नसक्ने क्लटर बमले नागरिकहरूमा निम्त्याउने दीर्घकालीन जोखिमप्रति सर्वत्र र चिन्ता चासो व्यक्त भएको छ । अमेरिकाले निर्यात गरेका विवादास्पद हतियारहरू लामो समयसम्म विस्फोट नभइ त्यसै रहने हुँदा त्यो जनसाधारणका निम्ति गमभीर जोखिम हो ।
“रसियासँग विभिन्न प्रकारका क्लस्टर हतियारको पर्याप्त भण्डार छ,” राष्ट्रपति पुटिनले एक सरकारी टेलिभिजनका पत्रकारलाई भने । उनले भने “यदि क्लस्टर बम हाम्राविरुद्ध प्रयोग भएमा त्यसको बदलामा हामी पनि जवाफ दिन सक्छौ, त्यो हाम्रो अधिकार हो, देशलाई त्यस्ता हतियार आवश्यक परे पनि अहिलेसम्म हामीले त्यसको प्रयोग गरेका छैनौँ । ”
रुसले युद्ध मैदानमा क्लस्टर हतियार प्रयोग गरेको आरोप ह्युमन राइट्स वाच र युक्रेनी सेनाले लगाएका छन् ।
प्रतिक्रिया