मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शक्तिशाली संस्थामार्फत् सहकारीको नियमन गर्नुपर्छः शर्मा

शक्तिशाली संस्थामार्फत् सहकारीको नियमन गर्नुपर्छः शर्मा

अपि टाइम्स

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विश्व प्रकाश शर्माले सहकारीको नियमन गर्न शक्तिशाली संस्था आवश्यक भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर उनले आन्दोलनमा रहेका सहकारीकर्मीसँग संवाद गरेर माग पूरा गर्न आग्रह गरे ।

आन्दोलनमा हस्तक्षेप गर्न नहुने उल्लेख गर्दै महामन्त्री शर्माले भने, ‘केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित भएका छन् । सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने हो ।’