मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारत एसँग हारेसंगै समूह चरणबाटै बाहिरियो नेपाल

भारत एसँग हारेसंगै समूह चरणबाटै बाहिरियो नेपाल

अपि टाइम्स

काठमाण्डौ – एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल ‘भारत ए’ सँग ९ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय ६८ रनको सामान्य लक्ष्य भारत ुएु ले २२ ओभर १ बलमा १ विकेट गुमाएर भेटायो । भारतका अभिषेक शर्माले ८७, साई सुदर्शनले नटआउट ५८ रन बनाए । बलिङतर्फ नेपालका कप्तान रोहित पौडेलले १ विकेट लिए ।

श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३९ ओभर २ बलमा १ सय ६७ रनमा अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए । रोहित ८५ बलमा ६५ रन बनाएर आउट भए । यस्तै गुलसन झाले ३८ रन बनाए । नेपालका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कुशल भुर्तेल शून्य, आसिफ शेख ७, देव खनाल १५, भीम सार्की ४ र कुशल मल्ल शून्य, सोमपाल कामी १४, पवन सर्राफ ६ र ललित राजवंशी ३ रनमा आउट भए । यस्तै किशोर महतो २ रनमा नटआउट रहे ।

नेपालले १० ओभरमा ३७ रन बनाउँदा ५ विकेट गुमाएको अवस्थामा रोहित र सोमपालले पारी सम्हालेका थिए । त्यसपछि छैटौँ विकेटका लागि रोहित र सोमपाल कामीले ५३ रनको साझेदारी गरेका थिए ।

बलिङतर्फ भारत ुएु का निशान्त सिन्धुले ४, आरएस हङ्गरगेकरले ३ र हर्षित रानाले २ विकेट लिए ।

यो हारसँगै नेपाल एक खेलअघि नै समूह चरणबाट बाहिरिएको छ । समूह ुबीु मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान ुएु सँग ४ विकेटले पराजित भएको थियो । अब नेपालले अन्तिम खेलमा पर्सि बुधवार यूएई ुएु सँग खेल्नेछ । यूएई पनि समूह चरणबाटै बाहिरिइसकेको छ । यो समूहबाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् ।

समूह ुएु मा ओमान, अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्काको ुएु टोली रहेका छन् । यो समूहबाट ओमान बाहिरिइसके पनि सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लागिसकेको छैन । प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।

प्रतियोगिताको फाइनल खेल साउन ७ गते आइतवार हुनेछ ।