मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुको बाणगंगामा बाबुले छोरामाथि जब खुर्पा प्रहार गरे

कपिलवस्तुको बाणगंगामा बाबुले छोरामाथि जब खुर्पा प्रहार गरे

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा न ८ मा बावुले खुर्पा प्रहार गर्दा छोरा घाईते भएका छन् । घरायसी विबादका कारण बल बहादुर परियारले छोरालाई खुर्पाले हानेर घाईते वनाएका हुन् ।

घाईते बर्ष २६ को भुवन परियारलाई उपचारकालागि बुटवल लगिएको ईलाका प्रहरी कार्यालय पिपराका सई हरि विष्टले जनकारी दिए । उनको बुटवल साझा अस्पतालमा उपचार भईरहेको जनाईएको छ । उनको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।

शुक्रवार साँझ करिब ६ बजेको समयमा घटना भएको प्रहरीले जनाएको छ । बाबु बल बहादुर परियारलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जनाएको छ ।