मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुमा कृषि सामाग्री केन्द्रबाट लगेको ५४ बोरा मल सहकारीका अध्यक्षको ससुराली घरमा

कपिलवस्तुमा कृषि सामाग्री केन्द्रबाट लगेको ५४ बोरा मल सहकारीका अध्यक्षको ससुराली घरमा

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तुमा सरकारले अनुदानमा दिने गरेको रासायनिक मल वितरणमा अनियमितता देखिएको छ । यसरी अनियमितता गर्नेमा मल वितरणको अनुमति पाएका कृषि सहकारी रहेका छन् ।

सरकारले हरेक जिल्लामा रासायनिक मल प्रशष्त पठाए पनि वितरणको जिम्मा पाएका सहकारीले बदमासी गर्दा किसानसम्म मल नपुगेको भन्दै धान दिवसको दिन असार १५ मा कृषिमन्त्री एक कार्यक्रममा जंगिएका थिए । कृषि मन्त्रीको त्यो स्विकारोक्तीलाई पुष्टि गर्ने एउटा उदाहरण कपिलवस्तुमा छ ।

कपिलवस्तुको शुद्दोधन गाउँपालिका ३ लवनीमा रहेको एक कृषि सहकारीले कृषि सामाग्री केन्द्र तौलिहवाबाट लगेको मल आफ्ना मान्छेको घर पुर्याएको पाइएको छ । यो कुराको बारेमा कपिलवस्तुका पत्रकार मोहन बेलबासेले सार्वजनिक गरेका छन् । सोमबार साँझ उनले फेसबुकमा यो कुरा सार्वजनिक गरेका हुन् । नेपाल पत्रकार महासंघका कोषाध्यक्ष समेत रहेका उनका अनुसार तौलिहवाबाट लगेको मल ओम कृषि सहकारी संस्थाले आफन्तको घरमा पुर्याएको छ ।

यो थाहा पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको पनि उनले लेखेका छन् । उनका अनुसार सहकारीका अध्यक्ष भगिरथी यादवले तौलिहवाबाट लगेको ५४ बोरा रासायनिक मल ससुराली घर शुद्धोधन ६ मा रहेको बनारसी यादवको घरमा लगेर राखेका छन् । सहकारी अध्यक्षले भने पानी परेपछि सुरक्षाको लागि गोदामम नभएर ससुराको घरमा लैजानु परेको बताएका छन् ।
बेलबासेले फेसबुकमा लेखेका छन् ‘कपिलवस्तु को शुद्दोधन गाउँपालिका ३ लवनीमा रहेको ओम कृषि सहकारी संस्था को नाममा कृषि सामाग्री केन्द्र तौलिहवाबाट लगेको ५४ बोरा रासायनिक मल अध्यक्ष भगिरथी यादवले आफ्नो ससुराली घर शुद्धोधन ६ मा रहेको बनारसी यादवको घरमा राखेपछि प्रहरी ले अनुसन्धान थालेको छ । यादवले सहकारीको गोदाम पानी चुहिने भएको हुदा ससुराली मा राखेको र भोली बाड्न किसानलाई खबर गरेको बताएका छन् । ईलाका प्रहरी कार्यालयको टोलीले रासायनिक मल बरामत गरि अनुसन्धान थाल्ने जनाएको छ ।’

कपिलवस्तुमा मात्र होइन देशभर सहकारीका संचालकले बदमासी गर्दा किसानले मल नपाएर हैरानी पाएका छन् ।