मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यति प्रतिशतले घट्यो सार्वजनिक यातायातको भाडा

यति प्रतिशतले घट्यो सार्वजनिक यातायातको भाडा

अपि टाइम्स

काठमाडौँ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै मूल्य घटेपछि सार्वजनिक यातायातको भाडा पनि घटेको छ । स्वचालित प्रणालीले डिजल र पेट्रोलको मूल्य घटाएलगतै यातायात व्यवस्था विभागले पनि भाडा समायोजन गरेको छ ।

स्वचालित प्रणालीअनुसार डिजलमा प्रतिलिटर ४ र पेट्रोल ६ रुपैयाँ घटेको थियो । त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबहाक सवारी साधनमा २.१३ प्रतिशत, मालबहाक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको महानिर्देशक नारायणप्रसाद भट्टराइले बताए।

‘घटाएको भाडादर सोमबारदेखि नै लागू भएको छ । त्यसको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको छ ।