मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकी नागरिक कसरी पुगे उत्तर कोरियाको हिरासतमा ?

अमेरिकी नागरिक कसरी पुगे उत्तर कोरियाको हिरासतमा ?

अपि टाइम्स

एजेन्सी । उत्तर कोरियाले सीमा पार गरेको भन्दै एक अमेरिकी नागरिकलाई हिरासतमा लिएको छ । उत्तर कोरिया र दक्षिण कोरियाबीच दुई देशलाई छुट्याउने एउटा गैरसैनिक क्षेत्रबाट उनले अनुमतिविना नै सीमा पार गरेका बीबीसीले जनाएको छ ।

यो क्षेत्र दुई वटा कोरियालाई छुट्याएको विश्वको सबैभन्दा धेरै सुदृढ क्षेत्रमध्येको एक हो । यस क्षेत्रमा बारुदी सुरुङ र करेन्ट प्रवाह गरिएको काँडेतार हुन्छ भने क्यामेरामार्फत पनि निगरानी भइरहेको हुन्छ ।

संयुक्त राष्ट्र सङ्घले यस घटनाबारे उत्तर कोरियाको सेनासँग छलफल भइरहेको जनाएको छ । गरिबी र अनिकालबाट भागेर उत्तर कोरियाबाट हरेक वर्ष हजारौँ मानिस अन्य देशमा पुग्न प्रयास गर्छन् । तर यो क्षेत्र पार गर्न मुस्किल छ ।

दक्षिण कोरियाले यसअघि सन् २०१७ मा उत्तर कोरियाली एक सैनिकले यो क्षेत्र पार गर्ने प्रयास गर्दा ४० वटा गोली लागे पनि बच्न सफल भएको बताएको थियो ।