मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युट्युब हेरेर क्रिप्टोको धन्धाः २१ वर्षीय युवकमाथि मुद्धा, २५ करोडको बैंकिङ कारोबार

युट्युब हेरेर क्रिप्टोको धन्धाः २१ वर्षीय युवकमाथि मुद्धा, २५ करोडको बैंकिङ कारोबार

अपि टाइम्स

काठमाडौं। सरकारले क्रिप्टोकरेन्सीको कारोबारलाई अवैध घोतित गर्दै कानुन नै बनाए पनि कारोबार भने रोकिएको छैन।
छोटो समयमा पनि उल्लेख्य आर्थिक लाभ हुने आशामा युवा पुस्ता क्रिप्टोको कारोबारमा जोडिएको एकपछि अर्को घटना बाहिरिएका छन्। पछिल्लो उदाहरण अर्घाखाँचीका २१ वर्षीय अश्विन भुसाल बनेका छन्।

भुसाललाई केही दिनअघि मात्र प्रहरीले काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो। प्रहरीको अनुसन्धानमा भुसालले विभिन्न एकाउन्टबाट २५ करोड ७६ लाख २४ हजार रुपैयाँको कारोबार गरेको देखिएको छ।

भुसालले प्रहरीसमक्ष आरोप स्वीकार गर्दै युट्युब हेरेर कारोबार सुरु गरेको बताएका छन्। ब्यालेन्स नामको एप्लिकेसन मोबाइलमा राखेर ह्वाट्सएपमार्फत् लिङ्कमा भेट भएका अमेरिकी नागरिक बताउने व्यक्तिले खाता खोल्न लगाएर कारोबार सुरु गरेको उनले बताएका छन्।

अमेरिकी नागरिक बताउने युवकले अहिलेसम्म आफूलाई २० हजार रुपैयाँ मात्र पठाएको बयान उनले दिएका छन्।

भुसालले नेपाल राष्ट्र बैंकले जारी गरेको सूचना आफूलाई थाहा नभएको समेत बयानमा भनेका छन्।

घटना अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्धा दायर समेत गरेको छ। मुद्धामा खातामा भेटिएको रकम जफत र राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को उपदफा १ र २ अनुसार सजाय माग गरिएको छ।

केही समयअघि मात्र प्रहरीले क्रिप्ट कारोबारको किङ भनिने कैलाली घर भएका ३० वर्षीय दिनेश खड्कालाई पक्राउ गरेको थियो। खड्का क्रिप्टोसँगै वानएक्स बेट कारोबारमा पनि देखिएका थिए। खड्कालाई राजस्वसम्बन्धी कसुरमा पनि २०७८ माघमा पक्राउ गरिएको थियो।

प्रहरी अनुसन्धानमा दिनेशको ग्लोबल आइएमई बैंकबाट ९ करोड ७९ लाख रुपैयाँभन्दा बढी कारोबार भएको देखिएको थियो। उनकी दिदी भगवतीको एनआइसी एसिया बैंकमा रहेको खाताबाट २० करोड ४२ लाख रुपैयाँको कारोबार भेटिएको थियो। खड्काका बुबा नरबहादुरको ग्लोबल आइएमई बैंकको खाताबाट १ करोड ६४ लाख बराबरको कारोबार भएको देखिएको थियो।

उक्त कसुरमा अदालतमा ३७ करोड ६४ लाख बिगो मागदाबी गरेर मुद्दा दायर भएको थियो। तर २५ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका थिए।बिजमाण्डुबाट ।

वानएक्स बेट प्रकरणमा उनी १० लाख रुपैयाँ धरौटीमा छुटेका छन्।

अवैध मानिएका गतिविधि बढेपछि सरकारले क्रिप्टोकरेन्सी, अनलाइन नेटवर्किङ, हाइपर फण्डलगायत कारोबार नियन्त्रण गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा उच्चस्तरीय कार्यदल समेत गठन गरेको थियो।