मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुकी आयुश्मा रेश्मी भईन् त्रिभुवन विश्वविद्यालय प्रथम

कपिलवस्तुकी आयुश्मा रेश्मी भईन् त्रिभुवन विश्वविद्यालय प्रथम

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तुकी आयुश्मा रेश्मी (मगर) त्रिभुवन विश्वविद्यालय प्रथम भएकी छन् । वाणगंगा २ स्थित जनता माध्यमिक विद्यालयबाट वि स. २०७२ सालमा एसएलसी दिएकी रेश्मी भर्खरै सार्जजनिक भएको बिबिएस दोश्रो वर्षको बार्षिक परीक्षमा विशवविद्यालय प्रथम हुन सफल भएकी हुन् ।

उनले ८४ दशमलव ४० प्रतिशत अंक ल्याएकी छन् जुन विश्वविद्यालयमै उच्च हो । यो खुसीमा जनता माविले पूर्व विद्यार्थी भएको नाताले उनलाई बधाई र शुभकामना दिएको छ ।

जनता माविका प्राचार्य रमेश पन्थीले समग्र कपिलवस्तु र स्कुलको नाम उँचो बनाएको भन्दै रेश्मीलाई बधाई र शुभकामना दिए । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा अध्ययनरत उनको स्थायी घर वाणगंगा २ पिपरा हो ।