मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वविद्यालयमा विद्यार्थी युनियनलाई बन्देज लगाउन सकिन्न

विश्वविद्यालयमा विद्यार्थी युनियनलाई बन्देज लगाउन सकिन्न

अपि टाइम्स

काठमाण्डौ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालयमा राजनीतिक दलका भ्रातृ संगठनहरूलाई बन्देज लगाउन नसकिने बताएका छन् ।

बुधवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री राईले यस्तो बताएका हुन् ।

उनले विश्वविद्यालयमा भ्रातृ सङ्गठनलाई बन्देज नै लगाउने अवस्था संवैधानिक कानुनी प्रावधानले नदिने भए पनि निश्चित किसिमको आचारसंहितामा बाँध्न सकिने बताए । उनले विद्यार्थी युनियनहरूले के गर्न पाउने, के नपाउने भन्ने कुरा कानुनमा नै आचारसंहिता तय गर्नुपर्ने उल्लेख गरे ।

उनले ‘कहिलेकाहीँ विद्यार्थी युनियनहरूकै बीचमा झडप हुने अवस्था बनिरहेको हुन्छ तर भ्रातृ सङ्गठनलाई हाम्रो संवैधानिक कानुनी प्रावधानले पनि बन्देज नै लगाउने अवस्था त हुँदैन ।

तर उनीहरूलाई निश्चित किसिमको आचारसंहितामा बाँध्न सकिन्छ । युनियनहरूले के गर्न पाउने, के गर्न नपाउने भन्ने कुरा कानूनी हिसाबले आचारसंहिता तोक्न सक्यौँ भने धेरै सुधार हुन्छ ।’