मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उत्तराखण्डमा ट्रान्सफर्मर पड्किँदा १५ जनाको ज्यान गयो

उत्तराखण्डमा ट्रान्सफर्मर पड्किँदा १५ जनाको ज्यान गयो

अपि टाइम्स

काठमाण्डौँ । भारतको उत्तराखण्डमा ट्रान्सफर्मर पड्किँदा करेन्ट लागेर १५ जनाको ज्यान गएको छ ।

भारतको उत्तराखण्ड राज्यमा बुधवार विद्युत् ट्रान्सफर्मर विस्फोट हुँदा एक प्रहरी अधिकारी र तीन होमगार्डसहित कम्तीमा १५ जनाको ज्यान गएको र अन्य छ जना गम्भीर घाइते भएका भारतीय प्रहरीले बताएको छ ।

उत्तराखण्डको राजधानी देहरादुनबाट झन्डै दुई सय ६६ किलोमिटर पूर्वमा पर्ने चमोली जिल्लाको अलकनन्दा नदीमा रहेको पुलमा विद्युत् आपूर्ति गर्न आयोजनास्थलमा राखिएको ट्रान्सफर्मर विस्फोट भएको हो ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्न आदेश दिनुभएको छ ।