मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिभुवन विमानस्थलबाट एक क्विन्टल सुन बरामद, हालसम्मकै धेरै

त्रिभुवन विमानस्थलबाट एक क्विन्टल सुन बरामद, हालसम्मकै धेरै

अपि टाइम्स

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल हाराहारीमा सुन बरामद भएको छ । हङकङबाट ल्याइएको अवैध सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको महानिर्देशक नवराज ढुंगानाले पुष्टि गरे ।

‘क्याथे प्यासिफिकको प्लाइटमार्फत आएको उक्त सुन करिब ८० देखि १०० किलोको हाराहारीमा रहेको छ । हामी अहिले अपरेशनमै छौँ’, उनले भने । विशेष सूचनाका आधारमा राजश्वको टोली विमानस्थल भन्सारमा छापा हान्न पुगेको बताइएको छ ।

सो क्रममा स्कुटर र मोटरसाइकलको ब्रेक सुमा भित्र लुकाएर ल्याएको अवस्थामा सुन बरामद भएको हो । सुन कसको हो भन्नेबारे खुल्न सकेको छैन भने यसबारे अनुसन्धान भइरहेको बताइएको छ ।

बरामद भएको सुन हालसम्मकै तस्करीको अवैध सुनमध्येकै सर्वाधिक भएको बताइएको छ ।