मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीमान, श्रीमती र साली, जसले पिएचडीको लागि अमेरिकामा एकैपटक पूर्ण छात्रवृत्ति पाए

श्रीमान, श्रीमती र साली, जसले पिएचडीको लागि अमेरिकामा एकैपटक पूर्ण छात्रवृत्ति पाए

अपि टाइम्स

काठमाडौँ । एकै परिवारका ३ जनाले अमेरिकामा एकैपटक विद्यावारिधी (पिएचडी) को लागि पूर्ण छात्रवृत्ति पाएका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ बनगाई स्थायी घर भएका मोहन विक्रम न्यौपाने, झापा घर भएकी उनकी श्रीमती रोजिला घिमिरे र साली रोशनी घिमिरेले अमेरिकाका ३ फरकफरक विश्वविद्यालयमा भौतिकशाष्त्र विषय अध्ययनको लागि एकैपटक पूर्ण छात्रवृत्ति पाएका हुन् ।

मोहनले प्रुड्यू विश्वविद्यालय, रोजिलाले मियामी विश्व विद्यालय फ्लोरिडा र रोश्नीले वेष्ट भर्जिनिया विश्वविद्यालयमा पिएचडीको लागि छात्रवृत्ति पाएको मोहनले अपिटाइम्सलाई बताए ।

मोहन र रोजिला केहि महिनाअघि मात्रै विवाह गरेका थिए । पति मोहन र पत्नी रोजिलाले त्रिभुवन विश्वविद्यालयबाट भौतिकशाष्त्रमा स्नातकोत्तर हासिल गरेका छन् भने साली रोश्नीले पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तिर्ण गरेकी छन् । उनीहरु अब चाँडै अमेरिका जाँदैछन् ।

उनीहरुकोे यो सफलताको सबैले प्रसंसा गरेका छन् । आफूहरुको सफलतामा धेरैबाट प्रसंसा पाएको भन्दै मोहनले अमेरिकामा अध्ययन सकेर नेपालमै आई यहाँको शिक्षा विकासको लागि काम गर्ने बताए ।