मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनसुनमा लाग्यो ब्रेक, केही दिन लगातार र ठूलो पानी नपर्ने

मनसुनमा लाग्यो ब्रेक, केही दिन लगातार र ठूलो पानी नपर्ने

अपि टाइम्स

काठमाण्डौ । अब केही दिन लगातार र ठूलो पानी नपर्ने भएको छ । केही दिन मनसुन निष्क्रियजस्तै रहने भएकाले पानी कम पर्ने र मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो अवस्थालाई मौसमविद्ले ुमनसुन ब्रेकु भन्ने गरेका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकाले नेपालमा यसको असर कम रहने मौसमविद्ले बताएका छन् ।

मौसमविद् बिनु महर्जनका अनुसार आज बिहीवार देशका धेरैजसो ठाउँमा घाम लागेको छ । भोलि शुक्रवार पनि देशका धेरैजसो ठाउँमा घाम लाग्ने सम्भावना छ । मनसुन ब्रेकु हुँदा मनसुनी गतिविधि कम हुने भएकाले गर्मी बढ्छ । अब एकरदुई दिन धेरै ठाउँमा हल्का मात्रै पानी पर्ने अनुमान छ ।

अहिले बाग्मती प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । साथै कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।