काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीमा अनुशासनको पाटो निकै कमजोर रहेको बताएका छन् । केन्द्रीय कार्य समितिको बैठकमा उनले पहिलो पटक प्रत्यक्ष चुनाव लड्दाको अनुभव सुनाउँदै यस्तो बताएका हुन् ।
पार्टीका नेता कार्यकर्तालाई बेलैमा अनुशासनको लगाम नलाए भविष्यमा विकराल अवस्था आउने चौधरीको भनाइ छ । टिकट पाएपछि पार्टीका सबै साथी एक ठाउँमा उभिएर सहयोग गर्नुपर्नेमा कसरी सिध्याउने भनेर लाग्ने प्रवृत्ति आफूले भोगेको चौधरीले सुनाए ।
बउउथ ाष्शश
चौधरीले भने– ‘एक ठाउँमा उभिएर कसरी सघाउलान् भनेको त कसरी सिध्याउने भन्नेमा लागेको अनुभूति मैले गरेँ । आफ्नो पार्टीको उम्मेदवार हराउने मात्र होइन विरोधीलाई कसरी जिताउने भनेर लागेका प्रत्यक्ष प्रमाणहरू छन् । ती सबै प्रमाण अनुशासन समितिलाई बुझाइएको छ ।’
चौधरीले यो प्रवृत्तिले पार्टी–पार्टीका रुपमाख नरहन नसक्ने बताए । ‘पार्टी संगठन, भ्रातृसंगठन, शुभेच्छुक संगठन र पार्टी सदस्यलाई अनुशासनमा राख्न नसक्ने हो र उनीहरुलाई पार्टीको उद्धेश्यप्रति जिम्मेवार बनाउन नसक्ने हो भने पार्टी पार्टीका रुपमा रहन सक्दैन ,’ उनले भने । साधारण खर्च समेत धान्न नसक्ने अवस्थामा वित्तीय अवस्था पुगेको चौधरीले बताए ।मुुलुकमा रोजगारी सिर्जना हुन नसक्ने अहिलेको गम्भीर चुनौतिको विषय भएको चौधरीले बताए । ‘अहिले पनि दैनिक दुई हजार भन्दा बढि मानिस रोजगारीका लागि विदेशिनु चुनौतिको विषय हो,’ उनले भने, ‘मानिसमा आशा र आत्मविश्वासको सञ्चार गर्न नसक्नु अर्को गम्भीर चुनौति हो । जसले नेपालको राजनीति र स्थापित पार्टीप्रतिको दृष्टिकोणमा बदलाव ल्याउन पनि भूमिका खेल्ने गरेको छ । यसतर्फ हामी सचेत हुनुपर्छ ।’
उनले विदेशमा रहेका नेपालीका विषय समाधान गर्न पनि कांग्रेसले भूमिका खेल्नुपर्ने बताए । ‘जनताले रोजगारी चाहेका छन्,’ उनले भने, ‘कांग्रेस यसका लागि सक्षम छ भन्ने सन्देश जानुपर्ने अवस्था छ ।’
प्रतिक्रिया